Logo

मुख्य समाचार

पहाडी जिल्लाहरुमा चट्याङसहितको वर्षा हुनसक्ने



काठमाडौं । स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण आज केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : ३४ बजे