Logo

मुख्य समाचार

‘कोर टिम’का बारेमा लामिछानेले किन बोली फेरे ?



काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठले आफुलाई कारबाही गरे ‘कोर टिम’का बारेमा सम्पुर्ण विवरण सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

सभापति रवि लामिछानेका अनुसार श्रेष्ठले कोर टिमका बारेमा विवरण सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । लामिछानेलाई नै श्रेष्ठले चेतावनी दिएको भएपनि आफुसँ टिमका बारेमा थप कुरा नखुलाएको लामिछानेले बताएका छन् ।

लामिछानेले कोर टिमका बारेमा प्रमाणसहित आए कारबाही गर्न तयार रहेको भएपनि हचुवाका भरमा आरोप लगाए आफुले केही गर्ननसक्ने समेत बताए । बुधबार बसेको केन्द्रीय समितिको बैठकपछि लामिछानेले पत्रकार सम्मेलनमा हचुवाका भरमा श्रेष्ठले आरोप लगाए आफुले केही नगर्ने बताए ।

‘केन्द्रीय सदस्यका बीचमा उहाँले हैन हैन मात्र भन्नु भयो । मेरो आवाज नै होइन मात्र भन्नुभयो,’ उनले भने, ‘तर फेरि समितिमा डुबाइदिन्छु भन्नुभयो । ‘कोर टिम नै मैले बुझेको छैन । पार्टी स्थापनाको कोर टिम भनेको हो कि ? मेरो सचिवालय भनेको हो कि ? पार्टीको तर्फबाट केलाई कोर टिम भन्ने ? कसलाई डुबाउनु हुन्छ त्यसपछि छानबिन गरौँला ।’

त्यसोत उनले चुनावी सभामा कोर टिमका बारेमा जानकारी आए आफ्नो जतिसुकै नजिकको व्यक्ती भएपनि कारबाही गरेरै छाड्ने उद्घोष गरेका थिए ।

यता श्रेष्ठले भने कारबाही भइसकेपछि कोर टिमका बारेमा खोजी नगरेको भन्दै आलोचना समेत गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : ०३ बजे