काठमाडौँ । नेपाल प्रहरी नायव महानिरीक्षक (डीआईजी) को रिक्त संख्या १३ मा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो। डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन्।
प्रहरीमा खाली भयो १३ डीआईजी, प्रतिस्पर्धामा आईजीकै ब्याची यस्तै भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी बढुवाका लागि सिफारिस भएका छन्।
यस्तै यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि बढुवाका लागि सिफारिस गरिएको छ। २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएका हुन्।
२०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र त्यही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएका हुन्। २०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्दा पछिल्लो ब्याचबाट ३ जना सिफारिस भएका छन्।
यसपछि २०७७ पुसमा ११ एसपी एसएसपीमा बढुवा भएका थिए। उनीहरुमध्येबाट अर्जुन चन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली, २०७८ कात्तिक मंसिरमा एसएसपीमा बढुवा भएका विकासराज खनाल डीआईजीमा सिफारिस भएका हुन्।
प्रतिक्रिया