Logo

मुख्य समाचार

ढाकाकुमार श्रेष्ठको छानविन प्रतिवेदन तयार, भोलि बिहान बैठक बसेर निर्णय लिने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे छानबिन समितिले प्रतिवेदन केन्द्रीय समितिलाई बुझाएको छ ।

छानबिन समितिले श्रेष्ठको अडियो प्रकरणमा प्रतिवेदन तयार पारेर पार्टीलाई बुझाएको हो । रास्वपाले पार्टीको अनुशासन तथा आचारण समितिलाई अडियो प्रकरण छानविनको जिम्मा दिएको थियो । समितिले सांसद ढाकाकुमार श्रेष्ठसँग लिखित र मौखिक दुवै प्रक्रियाबाट छानविन गरेको थियो ।

दुई करोड घुस प्रक्रणपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेर ७२ घण्टाभित्र छानिवन गरेर प्रतिवेदन बुझाउन अनुशासन तथा आचरण समितिलाई जिम्मा दिएको थियो ।

समितिले सांसद श्रेष्ठसँग मौखिक वयान समेत लिएको थियो । तर ढाकाकुमारले अडियोमा भएको आवाज आफ्नो नभएको र त्यसलाई इडिट गरेर आफूलाई फसाउन खोजिएको बयान छानविन समितिसमक्ष दिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ११ : १३ बजे