Logo

मुख्य समाचार



बुटबल–नारायणगढब सडक निर्माण चाँडो सक्न गृहमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्।

सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

श्रेष्ठसँगै गैँडाकोटबाट बुटवलसम्म सडकको विभिन्न १३ स्थानमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले समेत संयुक्त अनुगमन गरेका थिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायगढ बुटवल सडक विस्तारको काम थप भएको म्यादभित्र सक्नुपर्ने बताएका छन् । सडक विस्तारका लागि आर्थिक रुपमा कुनै पनि समस्या नभएको भन्दै सडक विस्तारको काम समयमै सक्नुपर्ने बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ३० बजे