Logo

मुख्य समाचार

बाग्मती प्रदेश सरकारमा कांग्रेस सहभागी, दुई मन्त्रीले लिए सपथ



काठमाडौं । बाग्मती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ ।

बागमती प्रदेश सरकारमा कांग्रेसबाट सहभागी दुईजना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना र काभ्रेका सांसद तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको सपथ लिएका हुन् ।

कांग्रेसबाट दुई मन्त्रीले सपथ लिएपछि बाग्मती प्रदेश सरकार अब ६ सदस्यीय भएको छ । अझै ५ वटा मन्त्रालय नेतृत्वविहीन छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : १६ बजे