Logo

मुख्य समाचार

मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमत बिच एकता हुदैँ



काठमाडौं । दुईवटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुदैँछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए ।

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बिचमा एकीकरण घोषणा सभा हुदैँछ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ४७ बजे