Logo

मुख्य समाचार

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै हिसावले महत्वपुर्ण रहेको मन्त्री खड्काको भनाई


१७ चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्वपूर्ण भएको बताएका छन् ।

मन्त्री पदको पदबहाली गर्दै उनले मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा रक्षा मन्त्रालयको ठूलो महत्त्व भएको बताए ।

उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको रणनीतिक महत्त्व रहेको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ०५ बजे