Logo

अर्थ

शेयर बजार उकास्ने नीति लिने अर्थमन्त्री महतको भनाई


१७ चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन सक्रिय रुपले लाग्ने बताएका छन् ।

पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अर्थतन्त्रलाई चलायमान गर्नको लागि आफू सक्रिय रुपमा लाग्ने बताएका हुन् ।

राजस्वले चालु खर्च समेत नधान्ने अवस्था रहेको भन्दै उनले राजस्व संकलनलाई उच्च प्राथमिकता दिने समेत बताएका छन् । लघुवित्त र सहकारीमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसँग सहकार्य गरेर समाधान गर्ने समेत उनले बताएका छन् ।

बैंकको ब्याजदर उच्च रहेको सेयर बजारमा समेत गिरावट आएको भन्दै उनले निराशालाई आशामा बदल्नुपर्ने र त्यसैअनुसार काम गर्ने समेत उनको भनाई छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : २८ बजे