Logo

मुख्य समाचार

रमेश खरेल र वाग्ले रास्वपाको उम्मेदवार बन्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनाव हुने तनहुँ १, चितवन २, बारा २ मा हुने उपचुनावका उम्मेदवार टुंगो लगाएको छ ।

बिहिबार राती उम्मेदवार टुङ्गो लगाएको सूचीअनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछाने, बारा २ मा रमेश खरेल र तनहुँमा भने स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मंसिरमा सम्मन चुनावमा खरेल काठमाडौं १ बाट चुनाव लडी पराजित भएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १० : २८ बजे