Logo

Breaking News 1

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम



काठमाडौँ । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा सरकारमा जानेछ । उनी उपप्रधानसहित रक्षा मन्त्री भन्ने भएका छन् ।

यस्तै, रमेश रिजाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । धनराज गुरुङ सामान्य प्रशासन मन्त्री र डाक्टर प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।

एनपी साउद शहरी विकास मन्त्री, सीता गुरुङ भूमि व्यवस्था मन्त्री र डिगबहादुर लिम्बू कानून न्याय तथा संसदीय मामिलामन्त्री बन्ने भएका छन् । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ४९ बजे