Logo

मुख्य समाचार

रुसुवागढी नाका खोल्न चीन तयार



काठमाडौं । चीन रसुवागढी नाका पूर्ण रूपमा चलाउन सहमत भएको छ ।

बुधबार चीनको ल्हासामा भएको सीमा, व्यापार र सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्रको पहिलो बैठकमा चैत १८ गतेदेखि नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।

छलफलपछि सिन्धुपाल्चोकको तातोपानी नाका पनि आगामी बैशाखदेखि पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

कोरोना महामारी शुरु भएपछि चीनले सिमानाका बन्द गरेको थियो । लामो समयसम्म नाका खोल्न चीन तयार नभएपछि बन्द रहेका नाका अब खुल्ने भएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : २१ बजे