Logo

मुख्य समाचार

रास्वपालाई सरकारमा ल्याउने प्रयास किन सफल भएन ?



काठमाडौं । विश्वासको मत लिएको झण्डै डेढ सातापछि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारको तयारी शुरु गरेका छन् ।

बुधबार बेलुका बसेको सत्तारुढ दलको बैठकले बिहिबार सरकार विस्तार गर्ने सहमति गरेको हो । तर सरकार विस्तार हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी भने छुटेको छ । सरकारमा सहभागी हुने निर्णय गरेको रास्वपा सत्ता गठबन्धनको बैठकमा भने सहभागी भएको थिएन ।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई समेत सरकारमा ल्याउने कोशिश गरिरहेका छन् । रास्वपालाई सरकारमा ल्याउने कसरत गरिरहेको भएपनि सफल हुन नसकेपछि बिहिबार विस्तार हुने मन्त्रिमण्डलमा रास्वपा सरकारमा सहभागी हुनेछैन ।

तर रास्वपालाई तिन मन्त्रालय दिन प्रधानमन्त्री दाहाल तयार देखिएका छन् । रास्वपालाई दिने मन्त्रालयको भाग दाहालले सुरक्षित राखेको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : २३ बजे