Logo

Breaking News 1

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल फाइनल प्रवेश



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको खेलमा नेपालले भुटानविरुद्ध बराबरी खेल्दै फाइनल प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो । नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औं मिनेटमा नेपालका लागि आफ्नो पहिलो गोल गर्दै बराबरीमा रोकेका हुन् ।

भुटानसँग बराबरी खेलेपछि नेपाल फाइनल प्रवेश गरेको छ । यसअघि लिग चरणका तीनै खेलको समाप्तीमा नेपाल ४ अंकमा शीर्ष स्थानमा रहेको छ । भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने लाओस फाइनल पुगेको छ । लाओसको ३ अंक भयो भने भुटान एकै अंकमा सीमित रह्यो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ०३ बजे