काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको मंगलबारको बैठक विनानिष्कर्ष सकिएको छ ।
मन्त्रालय भागबण्डा लगाउन बसेको बैठकले कुनै निर्णय गर्न सकेन । बैठकमा छिटै सरकार विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् । लेखकले छलफल सकारात्मक रहेको जानकारी दिएको भएपनि बैठकमा मन्त्रालय भागबण्डाका विषयमा खासै छलफल नभएको नेताहरु बताउँछन् ।
मंगलबारको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी गरेको बताइएको छ । त्यस्तै, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले तीनरतीन मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन् । यता लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेको छ ।
प्रधानमन्त्रीले सबै राजनीतिक दलका मन्त्रालयमा दाबी र न्यूनतम साझा कार्यक्रममा धारणा बुझेर बुधबार बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाउने गरी मंगलबारको बैठक स्थगित भएको हो ।
यता शक्तिशाली मन्त्रालयमा सबै दलको दाबी रहँदा समेत मंगलबारको बैठक निष्कर्षविहिन सकिएको हो ।
प्रतिक्रिया