Logo

कला/साहित्य

नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुँदै



काठमाडौं ।  झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुने भएको छ । नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी शरणार्थी शिविर भित्रै आयोजना हुन लागेको प्रतियोगिताले  ओझेलमा परेको अवस्थामा प्रतिभाहरुको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन् ।

अध्यक्ष सुवेदीका अनुसार प्रतियोगीताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन, महेश थुलुङ्ग,  किशोर शिवाकोटी, सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन् । आयोजकका अनुसार प्रतियोगीतामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख , द्धितिय हुनेले २ लाख र तेस्रो स्थान हाँसिल गर्नेले १ लाख पाउनेछन् ।

त्यस्तै बिजेताहरु तिनै जनालाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ । प्रतियोगीताको फाइनल जुलाईमा हुनेछ । कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ ।

१५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगीताको निर्देशन गायक कमल राईले गर्दैछन् । जसका लागि उनी अमेरिकादेखि केही दिनमा नै नेपाल आउँदैछन् । कार्यक्रमको प्रायोजन रेड वान रियालिटी, मेनुका मेमोरियल फाउण्डेसन, बेस्ट मोरगेज, रिदम स्क्रिन, लगायतले गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ५५ बजे