Logo

मुख्य समाचार

आजको मौसम: आजपनि हावाहुरीसहित पानी पर्ने



काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : २१ बजे