Logo

मुख्य समाचार

उपराष्ट्रपति निर्वाचन :शेरबहादुर देउवाले गरे मतदान



काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर दृउवाले पनि मतदान गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ५० बजे