Logo

समाचार

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै



लमजुङ । शाहवंशीय राजाहरूको उद्‍‌गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुननिमार्ण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माणकार्य सुरु गरेको हो ।

०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरि दरबार भत्काइएको कालीका मन्दिरका पूजारी सोमराज बरालले वताए । उनका अनुुसार मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरि सारिएको छ ।

दरबारको पुनर्निमार्ण कार्य गरिदा पुरानै स्वरुपमा इँटा, ढुंगा, काठ, तामाको प्रयोग हुने बताइएको छ । दरवारको छाना तामाको हुनेछ ।

२०७२ सालको भुकम्पले चर्केको लमजुङ दरवारमा २ पटक चटयाङले थप जीर्णअवस्था पुगेको थियो । पानी चुहिने अवस्थामा जीर्ण रहेको दरबारको पुननिमार्णका लागी पुरातात्विक विभागका डा। जगमान गुरुङको टोलीले गत वर्ष अवलोकन समेत गरेका थिए ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निमार्ण गरिने दरबारको लागी यस वर्ष एक करोड १४ लाख रुपैयाको लागतमा एस के कन्स्ट्रक्सन भक्तपुरले दरवारको निमार्ण कार्य सुरु गरेको हो।  १५५० सालमा यशोब्रह शाहको पालामा निमार्ण गरिएको लमजुङ दरवार १८२० मा पुनर्निर्माण गरिएको  थियो ।

त्यसपश्चात १९९० को भुकम्प पश्चात १०९२ मा जीर्णोउद्धार गरिएको थियो । लमजुङ दरवार २०४६ सालमा पुनर्निमार्ण गरिएको हो । शाहवंशको शुरुवात लमजुङका यशोव्रह्म शाहको पालाबाट भएको मानिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ४० बजे