Logo

Breaking News 1

विश्वकप छनोटमा पुगेकोमा क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टिमलाई बधाई दिएका छन् ।

‘आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !,’ प्रधानमन्त्री दाहालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै भनेका छन् ।

नेपाली क्रिकेट टिम यूएईलाई डीएल (डकवर्थ लेविस) नियमअनुसार ९ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको हो । आजको जितसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ७ : १४ बजे