Logo

Breaking News 1

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी चिनफिङ भारतमा



काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्लीमा आयोजना हुने शिखर सम्मेलनमा सहभागी हुन गएका हुन् ।

सीको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काइ छी र सीपीसी राजनीतिक ब्युरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यी पनि सहभागी छन् ।

भारतको अध्यक्षतामा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रका शीर्ष नेताहरूले आर्थिक सहकार्य, विश्व शासन व्यवस्था, व्यापार, लगानी र बहुपक्षीय सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । सीसीटीभी प्लस

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १० : १२ बजे