Logo

स्वास्थ्य

विर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो


३० फाल्गुन २०७९, मंगलबार  

414
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्र्तगत कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाईएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो । उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन् ।

गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को घ. बमोजिम हटाईको हो । यो सुचना आजको गोरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : २७ बजे