Logo

Breaking News 1

ओलीलाई गगनको जवाफ– ०८४ पछि सहकार्य हुनसक्छ, त्योअघि माफ गर्नुहोला


२५ फाल्गुन २०७९, बिहिबार  

874
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वि.सं. २०८४ सालअघि नेकपा (एमाले)सँग सहकार्य हुन नसक्ने बताएका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेर बाहिरिने क्रममा उनले अहिले नै एमालेसँग सहकार्य सम्भव नहुने बताएका हुन् ।

‘एमालेसँगको सहकार्य २०८४ पछि सम्भव हुनसक्छ, त्योअघि माफ गर्नुहोला,’थापाले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेता भेट्न हामी बालकोटमै आऊँला ।’

राजनीतिमा पटक–पटक झुक्याउन नसकिने भन्दै उनले कांग्रेसलाई अवमूल्यन नगर्न आग्रह गरे । ‘पटक–पटक झुक्याउन सकिँदैन । हामीलाई यति अवमूल्यन नगर्न आग्रह गर्दछु,’ थापाले भने । आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू कांग्रेससँग पनि मिल्न सक्ने बताएका थिए । त्यसको जवाफमा थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  २ : २१ बजे