Logo

अर्थ

सुन–चाँदीको मूल्य घट्यो



काठमाडौं । मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ। आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ। आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ११ : २८ बजे