काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको थियो भने शुक्रबार १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य १ लाख २ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुनको मूल्य शुक्रबार १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार तेजावी सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँ तोकिएको थियो । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। संघका अनुसार चाँदी १२ सय ६५ रूपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया