Logo

Breaking News 1

राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


१७ फाल्गुन २०७९, बुधबार  

92
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पौडेललाई मतदान गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘आठ दलका राष्ट्रपति पदका साझा उमेदवार रामचन्द्र पौडेललाई मतदान गर्छ भन्ने निर्णय गर्‍यौँ,’ उनले भने । उनले सरकारमा जाने विषयमा सकारात्मक भएको पनि बताए । खतिवडाले राष्ट्रपतिका विषयमा भएको निर्णय उचित रहेको निष्कर्ष निकालिएको समेत जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : २७ बजे