Logo

मुख्य समाचार

‘राष्ट्रपतिमा कांग्रेसबाहेकको पनि प्रस्ताव आयो, पुरानो गठबन्धनमै कुरो मिल्छ’


१२ फाल्गुन २०७९, शुक्रबार  

713
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुरानो पाँच दलीय गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन्। शुक्रबार बिहानदेखि करिब साढे ३ घण्टासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको मूल विषय राष्ट्रपति निर्वाचन नै भएको उनले बताए।

अहिले हाम्रो ध्यान राष्ट्रपतिकै विषयमा हो। राष्ट्रपतिमै केन्द्रित भएर कुरा गर्दा अन्य विषयहरु पनि आउँछन, उनले भने, अहिले केही विषय मिल्न बाँकी छ। आज हामी टुंग्याउँछौँ। राष्ट्रपतिमा माधव नेपालको पनि प्रस्ताव अगाडि सारेर अफ्ठयारो परेको हो? भन्ने पत्रकारको प्रश्नमा उनले पन्छिन खोजे।

कांग्रेसले राष्ट्रपतिमा अन्य दलको सहयो चाहियो भनेको छ। अन्य दलहरुबाट पनि प्रस्ताव आएका छन्, उनले माधव नेपालको नाम नलिइ भने, फरक फरक प्रस्ताव आए पनि हामी एकै ठाउँ पुग्छौँ भन्ने छौँ। विभिन्न कोणबाट छलफल गरेर टुंग्याउँछौँ।

उनले दुईवटा नाममा भन्दा कांग्रेसले प्रस्ताव गरेको र अन्य दलबाट आएको प्रस्तावमा कुरा भइरहेको बताए। दुईवटा नाममा भन्दा पनि कांग्रेसले सारेको प्रस्ताव र कांग्रेसबाहेकको प्रस्तावमा पनि छलफल हुँदैछ, उनले थपे, अरुले उठाएको प्रस्तावमा पनि कुरा हुनेछ। हामीले अहिले एकअर्काको कुरा सुन्यौँ, हामी राष्ट्रपति निर्वाचनमा एकै ठाउँ उभिन्छौँ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ४२ बजे