Logo

समाचार

माधव नेपाललाई प्रचण्डको प्रश्न– राष्ट्रपतिमा तपाईँको इच्छा हो ?


११ फाल्गुन २०७९, बिहिबार  

0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिमा आफ्नो पार्टीको दाबी रहेको बताएको छ । सो पार्टीका नेता घनश्याम भुसालले बिहीबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालसँग आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए ।

भुसालको प्रस्तावपछि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई सोधेका थिए– राष्ट्रपतिमा तपाईँको इच्छा हो ? दुई नेताको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो– प्रधानमन्त्री प्रचण्डको प्रश्न सुनेपछि अध्यक्ष नेपालको जवाफ थियो– सर्वसहमति हुन्छ भने म राष्ट्रपतिको उमेदवार बन्न तयार छु । सर्वसहमतिको उमदेवार बन्ने इच्छा छ ।’ प्रधानमन्त्री प्रचण्डले अहिले केहीबेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि छलफलका लागि बोलाएका छन् ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  २ : ५२ बजे