Logo

खेलकुद

स्पट फिक्सिङका आरोपीलाई धरौटीमा छाड्न आदेश


१० फाल्गुन २०७९, बुधबार  

0
Shares

काठमाडौं । स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

थुनछेक बहसपछि जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ८ : ५६ बजे