Logo

अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


५ फाल्गुन २०७९, शुक्रबार  

391
Shares

काठमाडौं । भारत आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य फेब्रुअरी १६ मा घटाएर नेपाल आयल निगमलाई पठाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर ३ रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ । यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन/तीन रुपियाँ मूल्य बढाएको थियो ।

आयल निगमका अनुसार आईओसीलाई ११ अर्ब रुपैयाँ तिर्न बाँकी छ । आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ । आयल निगमले भने मूल्य घटाउने वा नघटाउने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ४६ बजे