काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच भएको झडपमा दर्जनौँ घाइते भएका छन् । कम्तिमा पनि ३० मजदुर घाइते भएको मजदुर संगठनका अध्यक्षहरुले जनाएका छन् भने प्रहरीतर्फ पनि ९ जना घाइते भएका छन् । झडपमा ९ जना प्रहरी घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको उपत्यकाका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले जानकारी दिए ।
ट्राफिक जरिबाना बढी भएको भन्दै यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहरीको एउटा गाडी जलाएको लोहनीले जानकारी दिए ।उनका अनुसार अहिले आन्दोलनकारीले बाटोमा गाडी तेर्स्याएर हिँडेको हुनाले हटाउन समस्या परिरहेको छ । उनका अनुसार यातायात मजदुरका प्रतिनिधिलाई खोजी गर्दा पनि फेला परेका छैनन् ।
प्रतिक्रिया