काठमाडौं । कोरोनाभाइरसविरुद्धको फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत सोमबार बिहान नेपाल आइपुगेको सो खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।
सो खोप बुस्टर डोजको रुपमा प्रयोग गरिने विभागले जनाएको छ । बाइभ्यालेन्ट खोप पहिलोपटक नेपाल भित्र्याइएको हो । यो खोप ओमिक्रोनको सबभेरिएन्टविरुद्ध प्रभावकारी मानिएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको १५ लाख डोज नेपालले पाउनेछ । जसमध्ये तीन लाख ४५ हजार डोज खोप सोमबार नेपाल आइपुगेको हो । बाँकी खोप अब तीन चरणमा नेपाल ल्याइने विभागले जनाएको छ ।
प्रतिक्रिया