Logo

कर्पोरेट

२०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २०० रुपैयाँले बढेको हो । यसअघि  मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यता,  तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ४५ बजे