Logo

Breaking News 1

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको थप सुनुवाइ आज



काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको थप सुनुवाइ आज (शुक्रबार) हुँदै छ । गत बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा छाडिएको थियो ।

माघ ११ गते गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो । अब आज थप बहस हुनेछ ।

गृहमन्त्री लामिछाने नेपाली नागरिक हुन् कि होइनन्? यो प्रश्नको जवाफ सम्भवत: सर्वोच्च अदालतले शुक्रबार दिने छ । शुक्रबार फैसला नआए पनि फैसला आउने मिति भने संवैधानिक इजलासले तोक्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ४७ बजे