Logo

मुख्य समाचार

राष्ट्रपतिको निर्वाचनमा कांग्रेस पराजित हुने विष्णु रिजालको दाबी



काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेस पराजित हुने दाबी गरेका छन् । कांग्रेसको गठबन्धन भत्काउने योजना माओवादी केन्द्रले पनि बुझेको भन्दै रिजालले सभामुख र उपसभामुख निर्वाचनमा जस्तै राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताए ।

आज बिहान सामाजिक सञ्जालमार्फत रिजालले दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसको प्रवृद्धिलाई माओवादी केन्द्रले चिन्नुपर्ने बताए ।

उनले लेखेका छन् ‘एमालेको राष्ट्रपति भए प्रचण्डलाई अप्ठेरो पर्छु भनेर तर्साइरहेका/तर्सिरहेकाहरुले २०६६ वैशाख २० गतेलाई सम्झे पुग्छ । कांग्रेसका रामवरण यादव राष्ट्रपति भएको बेला प्रधानसेनापति हटाउन नसक्दा प्रचण्डले ‘नागरिक सर्वोच्चता’ भन्दै राजीनामा दिएर हिँड्नपरेको तथ्य सुरक्षित छ । दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसलाई माओवादीले चिनेको छैन होला र ? गठबन्धन भत्काउन गरिएको योजना र प्रचारवाजी यसपटक पनि परास्त हुनेछ– सभामुख/उपसभामुख निर्वाचनमा जस्तै ।’

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ३७ बजे