Logo

मुख्य समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो ।

कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार  विशेष कारणवस बैठक स्थगित गर्नुपरेको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ३ : ११ बजे