काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भेमा सामान्य बदली छ, भने तराईमा हुस्सु-कुहिरो रहेको छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।
राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया