काठमाडौँ । उच्चस्तरीय संयन्त्रको बैठक ५ बजे बस्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रमा सत्ता साझेदार दलका अध्यक्षहरू सदस्य रहेका छन् । ‘उच्चस्तरीय संयन्त्रको बैठक ५ बजे बस्दैछ । त्यहाँ छलफल गरेरमन्त्रिपरिषद्लाईसकभर आजै पूर्णता दिने तयारी छ’, एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । संयन्त्रको बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ५ घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो ।
छलफल सकेर बाहिर निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पूर्णताबारे आजै टुंगो लाग्ने प्रतिक्रिया दिएका थिए । सरकारमा सहभागी दलहरुबीच समन्वय र सहकार्य गर्न अध्यक्ष ओलीको नेतृत्वमा संयन्त्र गठन भएको थियो ।
प्रतिक्रिया