Logo

मुख्य समाचार

दुर्घटनाग्रस्त जहाजमा १० विदेशी र ६२ नेपाली नागरिक थिए



काठमाडौं । यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको बताइएको छ ।

यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।
काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ३५ बजे