Logo

मुख्य समाचार

यी स्थानमा हल्का हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भनेउच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : २१ बजे