Logo

मुख्य समाचार

५ चैत स्ववियु निर्वाचन, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन



काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनाअनुसार ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरुलाई आग्रह गरिएको छ ।

त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको र यसका लागि पूर्वतयारी गर्न सम्बन्धित् क्याम्पसहरुलाई महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको सूचनामा भनिएको छ ।

( सूचना )

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको मिति २०७९/०९/२२ को बैठकको निर्णय नं १७६५ अनुसार त्रिभुवन विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा मिति २०७९/१२/०५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएकोले पूर्व तयारी गर्न गराउन हुन सम्वन्धित सम्पूर्ण क्याम्पसहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

योगेन्द्रप्रसाद दाहाल’
प्रमुख

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ४ : २५ बजे