Logo

कला/साहित्य

बलिउड गायक अजय काठमाडौंमा



काठमाडौं । नेपाली गायिका आनी छोइङ डोल्मासँग गीत गाउनका लागि बलिउडका चर्चित गायक तथा संगीतकार अजय र अतुल काठमाडौं आएका छन् । अजय–अतुल र आनीको सांगीतिक सहकार्य रहेको गीत बालाजुको एक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको छ ।

बलिउड फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टको मुम्बईस्थित अडिटोरियमको शुभारम्भ समारोहका लागि प्रस्तुत गरिने गीतमा आनीले स्वर दिएकी छिन् । उक्त गीतमा संगीत संगीतकार अजय र अतुलले गरेका हुन् । आनीसँगको सांगीतिक सहकार्यका लागि नेपाल आएका यी दाजुभाई गीत रेकर्डिङ सकेर सोमबार नै मुम्बई फर्किएका छन् । फिरोज अब्बास खानले निर्देशन गर्ने उक्त कार्यक्रममा बलिउडका अजय–अतुलले आफ्नो प्रस्तुती दिने छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : २२ बजे