Logo

मुख्य समाचार

पाँच वर्षमा आर्थिक वृद्धिदर दोहोर अंकको नजिकमा पुर्‍याउनेछु:प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक मा पु¥याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पु¥याउने बताएका छन् ।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ४२ बजे