Logo

कला/साहित्य

जे आर भट्टको ‘मेरी इजु’ सार्बजनिक



बैतडी । बैतडीका लोक देउडा कलाकार जे आरको मेरी इजु नामको देउडा गीत बजारमा आएको छ । प्लेट फर्म जेआर भट्ट यूटयूब च्यानबाट भिडियो सहित शुक्रबार गीत सार्बजनिक भएको हो ।

टिकटकमा देउडा वाचन गरेर पछिल्लो समय भाइरल बनेका जे आरले गाउँघरतिर गायीने मौलिक गीत मेरी इजुको भाका सङ्कलन गरि गीतमा केही नयाँपन दिएका छन् । जे आर भट्टले शब्द सिर्जना गरेको उक्त गीत भुमीराज थापाले एरेन्ज,सेर बोहराले मिक्सिङ गरेका छन भने गायीका गौरी भट्ट र जे आर भट्टले स्वर दिएका छन् ।

छोरीको पराइ घर जाँदाको पीडालाई गीतको शब्द मार्फत प्रस्तुत गरिएको छ भने पुरानो चालचलन र परम्परालाइ गौरब जोशी र जे आर भट्टले डोटेली भासाको ¥याप मार्फत व्याख्या गरेका छन् । जे आर भट्ट र झरना बोहराले अभिनय गरेको म्युजिक भिडियो पुष्प भट्टले छायांकन,मासुम विष्टले निर्देशन र बिष्णु खड्काले सम्पादन गरेका छन् ।

बैतडीको पाटन नगरपालीका(०९) किचारमा जन्मिएका जे आर सानै उमेरदेखी प्रत्यक्ष देउडा खेल्दै आएका छन् । उनले यस अघिपनि केही गीतहरुमा शब्द सिर्जना र केही देउडा गित आफैले गाएका छन् । पछिल्लो समय जे आर भट्ट समाजिक सञ्जालहरुमा देउडा प्रस्तुत गर्दै लाखौं दर्शकमाझ छुट्टै पहिचान बनाउँदै आएका छन ।

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ०७ बजे