Logo

मुख्य समाचार

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज (बिहीबार) बिहान ९ बजेबाट बस्ने बताए । असार ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए ।

प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । सात दलीय गठबन्धन अध्यक्ष बसेर सरकार विस्तार प्रदेश सरकार गठनका विषयमा छलफल हुने छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ३२ बजे