Logo

कोशी

आगलागीबाट विस्थापितलाई राहत प्रदान



खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ । पुस १० गते भएको आगलागीबाट विस्थापित भएका ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल बिस्कामका मंगलधन तामाङको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो । विस्थापित परिवारलाई गाउँपालिकाले गाउँपालिकाको विपद कोषबाट नगद २० हजार, खाद्यान्न र भाँडाकुँडा प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारी र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाध्यक्ष नन्दकुमार तामाङ, महिला सदस्य कमलादेवी तामाङ लगायतले आगलागी पिडितलाई राहत प्रदान गरेका हुन् । आगलागीमा विस्थापित तामाङको ६ जनाको परिवार पाल टाँगेर बसिरहेका छन् । आगलागीमा तामाङको चार लाख बराबरको क्षती भएको वडाध्यक्ष तामाङले बताए ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : २१ बजे