Logo

मुख्य समाचार

भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने



काठमाडौं । निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुन: आफ्नो नियमित काम सुरु गरेको छ ।

आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो ।

आयोगले स्थानीय तहमा पुन: काम सुरु गरिएको जनाएको छ । ४ मंसिरमा भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता सोमबारबाट सकिसकेको छ ।

यसअघि आयोगले आचारसंहिता कायमै रहेका बेला पनि लालपूर्जा वितरण गर्नेलगायतका काम गरिरहेको थियो ।

तर, निर्वाचन आयोगले जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्नेलगायतका सम्पूर्ण काम रोक्न निर्देशन दिएपछि काम रोकिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ०८ बजे