Logo

मुख्य समाचार

रोल्पाकी ईश्वरी जिएम एमालेबाट कान्छी सांसद बन्दै



काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य ईश्वरी जीएम समानुपातिक सांसद बनेकी छन् । ३३ वर्षीया उनी सबैभन्दा कान्छी केन्द्रीय सदस्य र रोल्पा जिल्ला सह–ईन्चार्ज हुन् ।

०४६ साल फागुनमा रोल्पाको नुवागाउँमा जन्मिएकी उनी ०६२ सालदेखि अनेरास्ववियू–एमालेको राजनीतिमा सक्रिय छिन् । माओवादीले ‘आधार क्षेत्र’ दाबी गर्ने रोल्पाकी जीएम तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला अनेरास्ववियूमा आबद्ध भएकी थिइन् ।

शान्ति प्रक्रियापछि उनले विद्यार्थी राजनीति छाडेर केही समय पत्रकारिता गरिन् । प्रेस चौतारी रोल्पा शाखाको अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पा शाखाको सचिव समेत भइसकेकी जीएम पत्रकारिता छाडेर फेरि पूर्णकालीन राजनीतिमा होमिइन् ।

जीएमले एमाले जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य र लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य भएर काम गरिन्। नेकपा ‍(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट ३२ वर्षको उमेरमै केन्द्रीय सदस्य निर्वाचित भइन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : २५ बजे