Logo

समाचार

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाटन नगरपालिका-१० मा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा जिप चालक  डडेलधुराको नवदुर्गा गाउँपालिका-५ का ३६ वर्षीय तेजबहादुर साउद रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट १५० मिटर तल खसेको र जिपमा अन्य यात्रु सवार नरहेको प्रहरी चौकी खोड्पेले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १२ : ५८ बजे