Logo

मुख्य समाचार

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन आउँदै


२४ भाद्र २०७९, शुक्रबार  

1.4k
Shares

चितवन । दुई शिर्ष नेता आज चितवन आउँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन आउन लागेका हुन् ।

कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन् ।

आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ ।

एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन आउन लागेका हुन् । बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिइन् । ओलीको कुनै औपचारीक कार्यक्रम नरहेको उनले बताइन् । ओली १०:५५ बजेको समयमा भरतपुर विमानस्थलमा आइपुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ५९ बजे